सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र अत्तरियामा टीभीएसको ‘अनस्टपेबल फ्रिडम’ अभियानको अनावरण

२०८१ फाल्गुन १, १०:२७ खबर संवाददाता

धनगढीः टीभीएस मोटरसाइकलले कैलालीको धनगढीका लागि आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्स र अत्तरियाका लागि बागेश्वरी मल्टिमोटर्समा एक विशेष कार्यक्रम मार्फत ‘अनस्टपेबल फ्रिडम’ अभियानको औपचारिक अनावरण गरेको छ।

अभियानको अनावरण धनगढीको बागेश्वरी अटोमोटिभ्समा बुधवार गरियो भने अत्तरियास्थित बागेश्वरी मल्टिमोटर्समा मंगलवार गरिएको थियो। बागेश्वरीका सञ्चालक प्रेम साउँदको अध्यक्षतमा भएको कार्यक्रममा यहाँका मोटरसाइकलका मेकानिकहरुको उपस्थिति रहेको थियो।

यो अभियान टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भी एफडी र अपाचे आरटीआर १६०, २ भी रीफ्रेश बीटी मोडेलका लागि ल्याइएको हो। जसअन्तर्गत २ वर्षसम्म समस्यारहित लिमिटलेस राइडको सुविधा प्रदान गरिने बताइएको छ। जगदम्बा मोटर्सले बाइक पारखीहरूलाई दुई वर्षसम्म निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्रदान गर्दै ३१ हजारसम्मको बचतको अवसर दिने जनाएको छ।

यो योजनाले ग्राहकहरूलाई सहज, सुरक्षित र चिन्तारहित यात्राको अनुभव दिने विश्वास कम्पनीको रहेको संचालक पण्डितले बताए। कार्यक्रममा सहभागी मेकानिकहरुले जगदम्बा मोटर्सले ग्राहकलाई लक्षित गर्दै नयाँ–नयाँ योजना ल्याउनु सकारात्मक कदम भएको बताए। आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा सुविधा आउनेमा उनीहरुले विश्वास व्यक्त गरे। कम्पनीले आफ्नो सम्पूर्ण मोटरसाईकल वा स्कुटरमा आजीवन वारेन्टीको सुविधा समेत प्रदान गर्ने जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस