सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट दुई जना लागूऔषधसहित पक्राउ 

२०८१ फाल्गुन १, ०७:५७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट गोदावरी नगरपालिका–१० बस्ने २१ वर्षीय विवश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने २५ वर्षीय धिरज राना लागूऔषधसहित बुधवार पक्राउ परेका हुन्। यी दुबै जनालाई ६३० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस