सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ९ जना जुवाडे पक्राउ 

२०८१ माघ ३०, ०८:०० खबर संवाददाता

धनगढीः कैलालीमा ९ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरको अनिल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६४ वर्षीय हरी सापकोटासहित ९ जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ७४ हजार, मोबाईल ७ थान र ४ गड्डी ताससहित पक्राउ गरेको छ। 

कमेन्ट लोड गर्नुस