सुदूर पश्चिममा हस्पिटालिटी मिट सम्पन्न
धनगढी: हेडवय एजुकेशन फाउण्डेशनले धनगढीको सौंराई स्वायरमा हस्पिटालिटी मिट सम्पन्न गरेको छ ।
हस्पिटालिटी मिटमा ५०० जना भन्दा बढी हस्पिटालिटी क्षेत्रका विज्ञ,कलेज संचालक तथा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै मिट सम्पन्न भएको हो ।
हस्पिटालिटी क्षेत्रका विज्ञ,शैक्षिक संस्था,विद्यार्थी र सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर सुदूरपश्चिममा हस्पिटालिटी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले मिट आयोजना गरिएको हो ।
सुदूरपश्चिम एजुकेशनल हस्पिटालिटी मिट नामक कार्यक्रम मार्फत जनशक्ति उत्पादन गरी बढ्दो बेरोजगारी समस्या समाधान गर्न उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वेदान्त विद्यापीठका संचालक एवं सुदूरपश्चिममा हस्पिटालिटी क्षेत्रको जग बसाल्ने दुर्गा जोशी, कैलाली बहुमुखी क्याम्पसका बिएचएम कोर्डिनेटर नरेन्द्र शाहले आफूहरूले खेलेको भूमिकाका कारण यस क्षेत्रले गति लिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूर पश्चिम प्रदेशमा हस्पिटालिटी क्षेत्रको धेरै सम्भावना रहेकोले शैक्षिक संस्थाहरुले गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने धारण व्यक्त गरे ।
ईन्टरनेशनल फाइभ स्टार चेन होटलका विज्ञहरु आईएचजि होटलका कलस्टर लर्निङ एण्ड क्वालिटी मेनेजर भिलास खत्री,द सोल्टी होटलका कलस्टर डाइरेक्टर अफ लर्निङ एण्ड डेभलपमेण्ट रुपेश श्रेष्ठ,ताज होटलका कलस्टर डाइरेक्टर अफ हुमन रिसोर्स लोमश कार्की,मेरिट होटेलकी कलस्टर डाइरेक्टर अफ लर्निङ एण्ड डेभलपमेण्ट अञ्जना खड्का,सिद्धार्थ हस्पिटालिटिका कर्पोरेट एसोसियट डाइरेक्टर अफ हुमन सिसोर्स ब्रिजेश गुप्ताले हस्पिटालिटी क्षेत्रको विकासको सम्भावनालाई सार्थक बनाउने उपायबारे प्रस्तुति राख्ने थिए ।
सुदूरपश्चिम प्रदेशमा हस्पिटालिटी क्षेत्रको सम्भावना र अबसरबारे उनीहरुले आफ्ना अनुभव व्यक्त गर्दै आफूहरूले गरेको योगदानको चर्चा गर्दै विद्याथीहरूलाई हौसला दिएका थिए । हस्पिटालिटी अध्ययन गरिरहेका विद्यार्थीसँग विज्ञहरूले प्रस्तुतिका क्रममा अन्तरक्रिया समेत गरेका थिए ।
विज्ञहरूले सुदूरपश्चिमका विद्यार्थीको हस्पिटालिटी इन्डस्टि प्लेटफर्ममा सुदूरपश्चिमका कलेजहरुसँग एमओयु समेत गरेका छन् ।
कार्यक्रमको अध्यक्षता हेडवय एजुकेशन फाउण्डेशन र हवटुर इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक श्रावण अवस्थीले गरेका थिए ।
हस्पिटालिटी क्षेत्रमा देशभरमै पहिलो पटक धनगढीमा यो कार्यक्रमको सुरुवात गरिएको र आगामी दिनमा पनि हस्पिटालिटी कलेज र इन्डस्टि पार्टनरमा सहकार्य गर्न आफू सधै तयार रहेको उनले बताए ।