सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बस दुर्घटना, १५ जना घाईते

२०७६ असार १८, १२:२१ खबर संवाददाता

अछाममा बस दुर्घटना हुँदा १५ जना घाईते भएका छन्। जिल्लाको साफेबगर नगरपालिका वडा नम्वर २ को झकालेमा बस दुर्घटना हुँदा १५ जना घाईते भएका हुन्। महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस सडकबाट करिब २० मिटर तल खसेको प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते मध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कोहलपुरकी १५ बर्षीय बसन्ती धिताल र बझाङ चैनपुरका १८ बर्षीय पवन सुनार गम्भिर घाईते रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस