सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनलाइन जुवा खेलाउने २३ जना पक्राउ

२०८१ माघ २८, ०३:०३

काठमाडौँः अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा २३ जना पक्राउ परेका छन्।

भारत बिहार राज्य बाका घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव सहित २३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। घरमा अनलाइन जुवा खेलाई रहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई ८१ हजार रुपैयाँ, विभिन्न कम्पनीका ८८ थान मोबाइल र १० थान ल्यापटपसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस