सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्जुन ट्रफीमा बैतडीका हरिशले जिते नगद ५० हजार

२०८१ माघ २७, ०२:४९ खबर संवाददाता

धनगढीः धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीको पाटन खोड्पेका हरिश भाटले नगद ५० हजार पुरस्कार जितेका छन्।

आज भएको दोस्रो सेमिफाईनल खेलमा छक्का प्रहार भएको बललाई समातेका हरिशले ब्रेड बक्सको तर्फबाट नगद ५० हजार प्राप्त गरेका हुन्। ब्रेड बक्सले सेमिफाईनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद ५० हजार पुरस्कार घोषणा गरेको थियो। पहिलो सेमिफाईनलमा कुनै क्याच भएको थिएन भने दोस्रो सेमिफाईनल खेलमा हरिशले पहिलो क्याच गरेका हुन्। प्रतियोगिताभरीमा उनले पहिलो मैदान बाहिर गएको बल क्याच गरेका हुन्।

उनी धनगढीमा भएको दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट प्रतियोगिता खेल्न हिजो मात्रै धनगढी आएका हुन्। एथलेटिक्स खेलाडी रहेका उनी जिल्ला छनोट प्रतियोगितामा भएर प्रदेश छनोट खेल्न आएका हुन्। ज्याभलिङ थ्रो का खेलाडी हरिश साथीहरुले क्रिकेट हेर्न जाउ भनेपछि फाप्लामा आएको बताए। उडेर आएको बललाई पछाडी सरेर क्याच गर्न सफल भएको उनले बताए। नगद ५० हजार प्राप्त गरेका उनले त्यो रकमलाई आफ्नो खेलमा नै लगानी गर्ने बताए।उनले नगद ५० हजार सहित खल्तीको तर्फबाट एयर बड समेत पाएका छन्।प्रतियोगिताको फाईनल खेलमा दर्शकले क्याच गरेमा ब्रेड बक्सले नगद एक लाख प्राप्त गर्ने भएका छन्। त्यसका लागि दर्शकले टिकट काटेको हुनुपर्ने आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस