सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्जुन ट्रफी क्रिकेट: सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै

२०८१ माघ २६, ११:४० खबर संवाददाता

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलका खेलहरू आजदेखि हुँदै छन्।

फाप्ला क्रिकेट मैदानमा आज दिउँसो सवा १२ बजे हुने पहिलो सेमिफाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र न्यू होराइजन बुटवलबीच प्रतिस्पर्धा हुनेछ । डडेल्धुरा समूह ए को विजेताको रूपमा सेमिफाइनल पुगेको हो भने बुटवल समूह बी को उपविजेता बनेर अन्तिम चारमा पुगेको हो। त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सिवाइसी अत्तरिया र डिसिए धनगढीबीच भोलि (माघ २७ गते) हुनेछ।

गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ।प्रतियोगिताको विजेताले नगद रू १० लाख र उपविजेताले नगद रू पाँच लाखसहित ट्रफी पाउने छन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रू ५०–५० हजार पाउने छन् ।

कमेन्ट लोड गर्नुस