सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितुवाको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

२०८१ माघ २५, ०५:१३

बर्दियाः चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ।

मधुवन नगरपालिका–७ गंगाबस्तीकी ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार दिउँसो चितुवाको आक्रमणबाट मृत्यु भएको हो। सीमा नजिक खेतमा काम गर्न गएका बेला चितुवाले आक्रमण गरी महिलालाई गम्भीर घाइते बनाएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए। घाइते महिलालाई उपचारका लागि बर्दिया अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रमुख सुवेदीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस