बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता फागुन १५ गतेदेखि हुने

बैतडीः बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता फागुन १५ गतेदेखि हुने भएको छ।
मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको हो। ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार उक्त प्रतियोगिता फागुन १५–१८ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने जनाएको छ।
प्रतियोगिताको प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव चन्दले जानकारी दिए। यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ। सहभागी हुन चाहने टोलीले फागुन १० गतेभित्र दर्ता गराइसक्नुपर्नेछ। यसअघि सम्पन्न प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकालाई पराजित गर्दै मेलौली नगरपालिकाले जितेको थियो।



