प्रेस चौतारी कैलालीले मनायो स्थापना दिवस

धनगढी : प्रेस चौतारी नेपाल, कैलालीले स्थापना दिवस मनाएको छ।
प्रेस चौतारी, कैलालीका अध्यक्ष जनक विष्ट अध्यक्षत रहेको कार्यक्रममा नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि थिए। प्रेस चौतारी नेपाल कैलालीले २७ औँ स्थापना दिवसमा प्रेस र पार्टीको अन्तर सम्बन्धमा अन्तरक्रियासमेत गरेको छ।
प्रमुख अथिती भट्टले पत्रकारिता समाजमा व्याप्त विकृति विस्थापित गर्नेमा केन्द्रीत हुनुुपर्ने बताए। पूर्वमन्त्री समेत रहेका भट्टले अध्ययनशील र उत्सुकता भएको व्यक्ति पत्रकार हुने बताए। उनले खोज पत्रकारिता अहिलेको प्रमुख आवश्यकता भएको समते बताएका छन। खोज पत्रकारिता विकृति विस्थापित गर्नेमा केन्द्रीत हुुनुुपर्ने उनको भनाई थियो। तर, अहिले कतिपयले विकृतिलाई उजागर गर्नुको सट्टा व्यक्तिगत कुरा खोजेर अरूको व्यक्तिगत जीवन सिध्याउनेगरि काम गरिरहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको उनले बताए।
अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका पोलिटब्युुरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुुनी रानाले अहिले केहीले स्टन्टबाजी गर्दै व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरिरहेको बताए। नेताहरूले केही पनि गरेका छैनन् भन्ने नाममा कुप्रचार गरेर व्यवस्थामाथि प्रश्न उठाउनेहरुप्रती सबै सचेत हुुनुपर्ने उनले बताए। उनले जनता सामु वास्तविक कुरा सम्प्रेषण गरेर भ्रम चिर्ने भूमिका सञ्चारकर्मीको भएको बताए।
यस्तै, एमाले पोलिटब्युरो सदस्य लिला भण्डारीले दलहरूविरुद्ध भ्रम फैलाएर हल्लाका भरमा स्थापित भएका शक्तिले समाजमा गरिरहेको कुप्रचार चिर्नु सञ्चार माध्यमको दायित्व भएको बताइन्।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य सन्तोश थापा शर्माले सञ्चार माध्यमले वास्तविक सूचना सम्प्रेषण गर्नुपर्ने सुझाव दिइन्। तथ्य नबुझेर सम्प्रेषण गरिने कुराले भ्रम सिर्जना हुने भएकाले पत्रकारले सचेत भएर तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्ने उनले बताइन्।
अर्का केन्द्रीय सदस्य गौरीशंकर चौधरीले पनि सञ्चारकर्मीले नकारात्मक मात्र नभएर सकारात्मक कुरालाई पनि सम्प्रेषण गर्नुपर्ने सुझाव दिएका छन्। एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले पत्रकारले आफ्नो व्यावसायिक मर्यादाभित्र रहेर राजनीतिक दल तथा सरकारलाई खबरदारी गर्नुपर्ने बताए।
तर, दलहरू र सरकारले गरेका राम्रा कार्यलाई समेत उजागर गर्नुपर्ने सुझाव उनको थियो। प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष जनक सिंह विष्टको अध्यक्षतामा आयोजित अन्तर सम्बाद विषयक अन्तरक्रियामा एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि थिए।
अन्तरक्रियामा सहभागी विभिन्न सञ्चार माध्यममा क्रियाशिल प्रेस चौतारी निकट पत्रकारहरूले राजनीतिक दल र सबै तहका सरकारले पत्रकारहरूको पेसागत सुरक्षा गर्दै व्यावसायिकता प्रवर्धनमा सघाउनुपर्ने सुझाव दिएका छन्।
अन्तरक्रिया कार्यक्रममा एमालेको प्रचार तथा प्रकाशन विभाग सदस्य हेमन्त पौडेल, प्रदेश प्रचार तथा प्रकाशन विभाग उपप्रमुख मात्रिका तिमिल्सिना, कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, उपाध्यक्ष लोकेन्द्रबहादुर शाही, उपसचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख चुडामणी भट्ट, प्रेस चौतारीका केन्द्रीय सदस्य श्याम भट्ट, केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशिल ढुंगाना, केन्द्रीय सदस्य दिलबहादुर छत्याल, चौतारीका नेताहरु एकिन्द्र तिमिल्सिना, गोविन्द रोस्यारा, हरी जोशी, विभिन्न जनसंगठनका केन्द्रीय स्तरका नेता, प्रमुख तथा प्रतिनिधीहरू पनि सहभागी थिए।
एमाले प्रचार तथा प्रकाशन विभागको समन्वयमा आयोजना गरिएको कार्यक्रमको विषयवस्तुमाथि विभाग प्रमुख चुडामणी भट्टले प्रकाश पारेका थिए भने प्रेस चौतारी कैलालीका उपाध्यक्ष लोकुसिंह ठकुरीले स्वागत मन्तव्य राखेका थिए। प्रेस चौतारी नेपालले हरेक वर्ष २२ माघलाई स्थापना दिवसका रूपमा मनाउने गरेको छ।
