किङफिसर ईङ्गलिस बोर्डिङ स्कुलको वार्षिक उत्सव सम्पन्न

धनगढी : कैलालीको किङफिसर सेकेन्सरी ईङ्गलिस बोर्डिङ स्कुलले १६ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ। धनगढी उपमहानगरपालिका– १३ कैलाली गाउँमा रहेको विद्यालयले विभिन्न औपचारिक कार्यक्रम गर्दे वार्षिक उत्सव सम्पन्न गरेको हो।
कार्यक्रमको सभापतिमा विद्यालयका संस्थापक अध्यक्ष पुष्कर राज पन्त र प्रमुख अतिथिमा एश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्म देव भट्ट रहेका थिए। कार्यक्रममा खेलकुद, शिक्षा र अनुशासनका क्षेत्रका विभिन्न विद्यामा प्रथम, दृतिय र तृतीय हुने लाई सम्मान पनि गरिएको थियो।
यस्तै एन पेब्सनमा आबद्ध विद्यालयहरू मध्य एसईई परीक्षामा किङफिसर बाटै सुदूरपश्चिममै राम्रो नतिजा ल्याउने विद्यार्थी लाई नगत सहित सम्मान गर्नुका साथै आधार तहमा राम्रो नतिजा ल्याउने विद्यार्थीहरू लाई पनि सम्मान गरिएको छ। कार्यक्रममा बालबालिकाको विषयमा चासो राखेर विद्यालयलाई सहजीकरण गर्ने अभिभावक लाई पनि सम्मान गरिएको थियो। विद्यालयका प्रधानाध्यापक विमल भण्डारीले बालबालिकाको क्षेमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनुका साथै नतिजा सुधारका लागि फरक ढङ्ग अभ्यास गरिरहेको बताए।
वार्षिक उत्सव समारोहमा विभिन्न शिक्षा क्षेत्रमा आबद्ध व्यक्तित्व, अभिभावक लगाएतको उपस्थिति रहेको थियो। साथै सो विद्यालयमा अध्ययनरत छात्र छात्राहरूले विभिन्न प्रस्तुति राख्दै मनोरञ्जन समेत गराए।
