सुदूर नेपाललाई विश्वसँग जोड्दै

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

२०८१ माघ २२, ११:३४ खबर संवाददाता

काठमाडौँ: नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो। महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो। 

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यस आधारमा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ। 

कमेन्ट लोड गर्नुस