सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको एक घरमा आगलागी

२०८१ माघ २२, ०८:०८ खबर संवाददाता

दार्चुलाः दार्चुलाको एक घरमा आगलागी भएको छ। मालिकार्जुन गाउँपालिका ७ चौकी बस्ने भुपेन्द्र चन्दको घरमा बिद्युतको तार सर्ट भई सोमवार आगलागी भएको हो।

आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर लगायतका सामान गरी अन्दाजी मुल्य ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको र आगलागी नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस