सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद् बैठक बस्ने समय र स्थान परिवर्तन

२०८१ माघ २१, ०४:३१

काठमाडौँः सोमबार बोलाइएको मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन भएको छ।

यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जारी गरेको पछिल्लो सूचना अनुसार मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। 

कमेन्ट लोड गर्नुस