सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको एक घरमा आगलागी

२०८१ माघ २०, ०६:२४ खबर संवाददाता

बाजुराः बाजुराको एक घरमा आगलागी भएको छ।

जिल्लाको बुढीनन्दा नगरपालिका–९ अंगपानीका लोकेन्द्र रोकयाको घरमा आइतवार आगलागी भएको प्रहरीले जनाएको छ। लोकेन्द्रको घरमा डेरा गरि बस्दै आएका त्रिवेणी नगरपालिका–१ भुकातोला घर भएका शेर बहादुर रावलको कोठामा अचानक  विद्युत सर्ट भई आगलागी भएको हो। उक्त आगलागीबाट रोकयाको नगद, लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर नष्ट भएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस