सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभा बैठकमा सहभागी धनगढीका भट्ट अस्वस्थ

२०८१ माघ २०, ०३:१८ खबर संवाददाता

धनगढीः  राष्ट्रियसभा सदस्य धनगढीका नारायणदत्त भट्ट अस्वस्थ भएका छन्। आइतवार राष्ट्रियसभा बैठकमा भट्टको स्वास्थ्यमा समस्या देखिएको हो।

नेपाली काँग्रेसका तर्फबाट सांसद भट्टले बैठकको विशेष समयमा बोल्न नाम टिपाएका थिए। शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेको थियो। त्यसपछि भट्टलाई अरू सांसदले डोहो¥याउँदै बैठककक्षबाट बाहिर ल्याएका थिए।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भट्टको स्वास्थ्य अवस्थाबारे बैठकमै सोधेका थिए। ‘यहीँ आएपछि बिरामी हुनुभएको ? हस्पिटल लैजानुपर्ने हो कि के हो ?,’ दाहालले सोधे।

त्यसपछि उनको सट्टामा बोल्न कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटालाई समय दिइयो। संघीय संसद् भवन परिसरमै भट्टको उपचार भइरहेको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस