सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बालुवाको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु, तीन जना गम्भीर

२०७६ असार १६, ०५:२८ खबर संवाददाता

बझाङमा वालुवाको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाईते भएका छन्। जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर ५ ओसैलमा सोमबार बालुवा खानी माथिबाट आएको ढिस्कोमा पुरिएर सोही स्थानकी ३५ वर्षीया चाखुडी महरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बोहराले जानकारी दिए।

यस्तै सोही वडाकी ३० वर्षीया  गम्भा महर, ३६ वर्षीया कुटुरी महर र २८ बर्षका हरिभान महर गम्भीर घाईते भएको बित्थड प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक धनन्जय जोशीले बताए।  उनीहरु बित्थडचिर गाउँपालिका ५ को स्वास्थ्य चौकीको भवन निर्माणमा मजदुरी गर्दै आएका उनीहरु वालुवा लिन भनी गएका बेला ढिस्कोमा पुरिएका हुन्।

स्थानीले घटना हुने बितिकै देखेपछि तीन जनाको उद्दार गर्न सफल भएपनि अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको देउलेख प्राथमीक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि नेपालगंज रेफर गर्ने तयारी गरिएको छ। मृतकको शव परिक्षणका लागि देउलेख प्राथमिक स्वास्थ्य चौकीमा राखिएको छ।   
 

कमेन्ट लोड गर्नुस