सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ढाई दशक संगीत शिक्षणमा सक्रिय कुलदिप राईको निधन

२०७६ असार १६, ०५:१५ खबर संवाददाता

संगीत शिक्षक कुलदिप राईको निधन भएको छ। धनगढीमा झण्डै २५ बर्ष सम्म संगीत शिक्षण गरेका ५५ बर्षीय राईको भारतको दार्जीलीङमा निधन भएको हो। उनी स–परिवार सहित २ बर्ष अगाडी मात्रै धनगढी छोडेर पुर्खेउली घर दार्जीलीङ गएका थिए। उनले २५ बर्षको धनगढी बसाईका क्रममा धनगढीको मालिका, प्रिंयका स्कुल, जेसिज, ऐश्वर्य विद्या निकेतन, गार्डनर, एरिष्टो बोर्डीङ लगायतका स्कुलमा संगीत सिकाएका थिए।

यो क्षेत्रबाट सांगीतीक क्षेत्रमा सक्रिय भएका धेरैका गुरु समेत रहेका राई धनगढी बसाईका क्रममा धेरै व्याण्डमा पनि सक्रिय रहेका थिए। उनले धनगढीमा केही समय होटल व्यवसाय पनि गरेका थिए। उनी सुगरका विरामी थिए। राईसंगै काम गरेका डिसी पुनले राईको निधनले सांगीतीक क्षेत्रमा ठुलो क्षती पुगेको बताए।

कमेन्ट लोड गर्नुस