सुदूर नेपाललाई विश्वसँग जोड्दै

सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलमा ५० प्रतिशत छुट

२०८१ माघ १८, ११:२३ खबर संवाददाता

धनगढी : कैलालीको सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलले ५० प्रतिशत छुट दिने भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ मा रहेका हस्पिटल र सैपाल ग्याँस प्रालिले सम्झौता गरेका हुन।

अत्तरिया हस्पिटलले सैपाल ग्याँसका ग्राहकलाई नियमित ओपीडिमा ५० प्रतिशत छुट दिने भएको हो। सैपाल ग्याँसको ग्राहक कार्ड भएका बिरामीहरूले ओपिडीमा ५० प्रतिशत छुट पाउने भएका हुन। सैपाल ग्याँसका ग्राहकहरूले इन्डोस्कोपीमा २० प्रतिशत तथा इको, बेड भर्ना, एक्सरे, इसीजी, प्याथोलोजी, सर्जरी, आइसीयु, एनआइसीयु र क्याबिनमा १०÷१० प्रतिशत छुट पाउने भएका छन्।

सैपाल ग्याँसका ग्राहहरूले धनगढीका अस्पतालहरूसँग समेत सम्झौता गर्ने बताएको छ। सैपाल ग्याँसको ग्राह कार्ड अनिवार्य गरिएको हो।

 

कमेन्ट लोड गर्नुस