सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरीको २५ दिन पूरा: कैलालीमा कृषिमा भएको क्षतीको विवरण संकलन भएन

२०७६ असार १६, १२:४६ कमल सावद

कैलाली कञ्चनपुरमा विनासकारी हावाहुरी आएको २५ दिन पूरा भएको छ। तर कैलालीमा भने कृषि क्षेत्रमा भएको क्षतीको पूर्ण विवरण संकलन र राहात वितरणमा ढिलाई भएको छ। हावाहुरीले पु¥याएको क्षतीका कारण कैलाली–कञ्चनपुरका किसानहरुको विचल्ली भएका बेला प्रदेश सरकारले क्षतीपुर्ती वितरणमा ढिलाई गरेको हो। विनासकारी हुरीको २५ दिन हुँदा पनि क्षतीको तथ्याँक संकलनको काम पनि पूर्ण भएको छैन्। सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अहिले सम्म कृषि क्षेत्रमा सात करोडको क्षती भएको विवरण प्राप्त भएको जनाएको छ। तर धेरै जिल्लाका धेरै ठाउँबाट विवरण आउन बाँकी रहेको बताईएको छ। गोदावरीको मञ्जरी एग्रिकल्चर प्रालिका सञ्चालन गजेन्द्रबहादुर शाहीले एकिन क्षतीको विवरण नदिएको बताए। उनले प्रहरी मुचुल्कामा क्षती भएको उपकरण तथा भौतिक विवरण मात्र दिएको बताए। गोदावरी क्षेत्रका कृषि व्यवसायीहरु एकै साथ क्षतीको विवरण मन्त्रालयलाई दिने पक्षमा छन्।   
मन्त्रालयले दिएको तथ्याँक अनुसार कैलाली–कञ्चनपुरमा छ करोड ९४ लाख बराबरको कृषि क्षेत्रमा क्षती भएको छ। कृषि मन्त्रालयका अनुसार ठुला र्फमहरुले क्षतीको विवरण बुझाउन अझै बाँकी छ। ज्ञान केन्द्र, फर्म तथा किसाहरुले कृषि क्षेत्रमा क्षती भएको भन्दै क्षतीपुर्ती माग गरेका छन्। विनासकारी हावाहुरीका कारण केरा खेती, तरकारीका नर्सरीहरु, विभिन्न कृषि फर्महरुमा भएको क्षतीको विवरण प्रदेश सरकारले संकलन पूर्ण नगरेको भन्दै कैलाश शक्ती खरिद विक्रि सप्लायर्सका सञ्चालक गणेश धामीले दुखेसो गरे। उनले विवरण संकलनको काम नसकिएकाले राहात नपाएको बताए।  
विवरण संकलनको काम जारी रहेको र क्षतीको रकममा पनि बृद्धि हुने मन्त्रालयले बताएको छ। अहिले सम्म संकलन भएको  विवरणमा अपि हिमाल एग्रो एण्ड लाईभस्टक कम्पनी प्रा.लिको एक करोड सात लाख ६५ हजार, नन्देश्वरी कृषि फर्म र ए.सि.पि मन्ट्री एग्रो नर्सरीको सात÷सात लाख, सृजना वर्ड फर्मको  ३९  लाख १३ हजार,  आशिका पाल्ट्रि पर्मको १४ लाख ४७ हजार,  गोदावरी नगरपालिका वडा नम्बर ८ का काशिराम चौधरीको  कुखुरा, दाना लगायतको भौतिक संरचनामा भएको क्षतीको ४ लाख ३५ हजार माग गरिएको छ। यस्तै विगहेन पोल्ट्रि एण्ड एग्रो फर्मको २२ लाख ३५ हजार, राजेश केरा फर्म नर्सरी तथा प्रशोधन केन्द्र कृष्णपुर कञ्चनपुरको आठ लाख २५ हजार, राजपुर महिला कृषक समुह र स्वस्तिक पोल्ट्रि फर्मको १०-१० लाख गरि ६ करोड ९४ लाख क्षती भएको तथ्याँक कृषि मन्त्रालयको छ। तर उनीहरुले पनि राहत पाएका छैनन्। तथ्याङ्क संकलनमा ढिलाई भएकाले उनीहरुले राहत नपाएका हुन भने प्रदेशको कृषि मन्त्रालयले मापदण्ड निर्धारण गर्नमा पनि ढिलाई गरेको छ। प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर महेशराज विष्टले विवरण संकलनको काम अझै बाँकी रहेको बताए। तर पीडित किसानलाई क्षतीपूर्ती दिन आवश्यक पर्ने मापदण्ड निर्माणको काम पूर्ण भएको उनको दावि छ। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस