सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कम्पासे धुरामा भ्यू टावरको योजना हट्यो, बुढीतोलामा निर्माण गर्न सम्झौता

२०७६ असार १६, ०७:२६ नवराज पनेरु

पर्यटन प्रबद्र्धनका लागि कैलालीको कम्पासे धुरामा भ्यू टावर बनाउने योजना प्रदेश सरकारले हटाएको छ। चालु आर्थिक बर्षमा चुरे गाउँपालिका वडा नम्वर ५ कम्पासे धुरामा भ्यू टावर बनाउने योजना राख्दै ३० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले अव उक्त योजना कार्यान्वयन नगर्ने भएको हो। पर्यटन विभाग अन्तरगत पर्यटन कार्यालय कोहलपुरले गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोलामा भ्यू टावर राख्नका लागि बातावरणीय प्रभाव मुल्याङकन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि चुरेको कम्पासे धुराको योजना हटाएर गोदावरीको बुढीतोलामा निर्माणका लागि प्रक्रिया अगाडी बढेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ। 

‘एकै जिल्लामा २ वटा भ्यू टावरको आवश्यकता देखिएको छैन्,’ उनले भने, ‘अव बुढीतोलामै भ्यू टावर निर्माण गर्ने संघीय सरकारको पुरानो योजना प्रदेश सरकार कार्यान्वयन गर्छ।’पर्यटन कार्यालयको पहलमा संघीय सरकारको सस्कृती, पर्यटन तथा नागरीक उड्यान मन्त्रालयको पर्यटन विभागले २०७४ असार २० गते गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोलामा भ्यू टावर निर्माण गर्न बातावरणीय प्रभाव मूल्याङकन स्वीकृत गरिसकेकाले सोही स्थानमा भ्यू टावरको योजना अगाडी बढाईएको उनले बताए। 
बुढीतोलामा भ्यू टावर निर्माणका लागि आर्थिक बर्षको अन्त्यमा आएर योजना सम्झौता भएपछि अहिले सम्म निर्माण भने सुरु भएको छैन्। जेठमा सम्झौता भएकोमा अहिले आएर बल्ल निर्माण सामाग्री निर्माणस्थलमा राख्ने काम भईरहेको भ्यू टावर निर्माण उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर खत्रीले बताए। ‘चालु आर्थिक बर्षमा १२ लाख बजेट विनियोजन भएको छ,’ उनले भने, ‘जग निर्माण सम्मको काम यसै बर्ष भित्र सक्ने योजना छ।’

पर्यटन प्रबद्र्धनका लागि कैलालीको चुरे गाउँपालिका वडा नम्वर ५ मा भ्यू टावर बनाउने योजना हटाएर प्रदेश सरकारले बुढीतोलामा भ्यू टावर बनाउन सम्झौता गरपछि चुरे क्षेका वासिन्दाले भने असन्तुष्टि जनाएका छन्। चुरे गाउँपालिकाका प्रवत्ता नरवहादु तामाङले कम्पासे धुरामा नै भ्यू टावर उपयुक्त हुने भएकाले उक्त योजना हटाउन नहुने बताए। पाँच विकास क्षेत्रका पाँच स्थानमा निर्माण गर्ने योजना अन्तर्गत सुदूरपश्चिममा भ्यू टावरका लागि कैलाली छनौट भएको थियो। तर पर्यटन विभागले कम्पासेधुरा राजमार्ग भन्दा धेरै टाढा भएकाले राजमार्ग भन्दा १२ सय मिटर मात्रै टाढा रहेको बुढीतोलामा भ्यू टावर बनाउन वातावरणीय प्रभाव मुल्याङकन गरेको थियो।

केहि स्थानीय र पर्यटन व्यवसायीले कम्पासे धुरामा उपयुक्त हुने तर्क दिदै आएका छन्। कम्पासे धुराबाट आकाश खुलेको समयमा कैलाली र कञ्चनपुरका अधिकांस भाग सहित भारतको समेत ठूलो हिस्सा अवलोकन गर्न सकिने र उत्तर तर्फका थुप्रै हिमाल हेर्न सकिने दावी उनीहरुको छ।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस