सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेडा मरेका कृषकलाई क्षतीपुर्ती भेडा नै उपलब्ध

। फोटो स्रोत ।
२०७६ असार १५, ०१:४६

गण्डकी प्रदेश सरकारले भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति वितरण गरेको छ। लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले शनिबार २८ भेडा वितरण गरेको हो।  

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई रु दुई लाख ८० हजार बराबरको सो सङ्ख्यामा भेडा सहयोग गरिएको हो। प्रदेशसभा सदस्य धनञ्जय दवाडीले गाउँपालिकाको जोर्नीमा एक कार्यक्रममा कृषकलाई भेडा वितरण गरेका हुन्। उनले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने बताए। 

व्यवसायमा जोखिम भए पनि विचलित नभई आफ्नो पेशामा लाग्न उनले कृषकलाई आग्रह गरे। दूधपोखरी गाउँपालिका–६ र दोर्दी गाउँपालिका–५ का २५ किसानले संयुक्तरूपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गर्दै आएकामा गत वैशाख २८ गते शनिबार परेको चट्याङले २८ भेडा मरेका थिए।

भेडा मरेपछि कृषकलाई रु पाँच लाख ६० हजार बराबरको क्षति भएको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताए। उनीहरुले सञ्चालन गरेको यस भेडीगोठमा ६४० बढी भेडा छन्। रासस

कमेन्ट लोड गर्नुस