सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि मजगाउँ होमस्टेमा माघ महोत्सव सुरु

२०८१ माघ १२, १०:३८ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँमा आजदेखि माघ महोत्सव हुने भएको छ।

थारू कल्याणकारिणी सभाको आयोजनामा आजदेखि सुरु हुने महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम रहेको छ। माघ १४ गते सम्म सञ्चालन हुने महोत्सवको नारा ‘संस्कृति संरक्षण, स्थानीय पर्यटन ओ आधुनिक कृषि प्रर्वद्धनके लाग एकजुट हुइ’ भन्ने राखिएको छ।

महोत्सवमा स्थानीय भाँकीहरू प्रदर्शनका साथै थारू राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने थारु कल्याण कारिणी सभा गोदावरी नगर अध्यक्ष जनकलाल चौधरीले बताए। महोत्सवमा ऐतिहासिक थारू खानपानको व्यवस्था, थारू कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारू समाज सेवा तथा प्रतिभावान व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ। महोत्सवमा थारू परिकार, कृषि उपज, स्थानिय उत्पादन लगायतका स्टल रहने छ।

कमेन्ट लोड गर्नुस