सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरोमा पुरिएका स्काभेटर अपरेटरको हवाई उद्धार

२०८१ माघ ११, ०४:५२ खबर संवाददाता

धनगढी : दार्चुलाबाट एक जना चालकको हवाई उद्धार गरिएको छ। जिल्लाको महकाली नगरपालिका–५ किम्तडी ठड्याभिरमा सडक चौडा पार्ने क्रममा खसेको पहिरोमा पुरिएर गम्भीर घाइते भएका स्काइभेटर अपरेटर रेशम बुढामगरलाई हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो।

महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडक खण्डमा विगत एक महिनादेखि सडक चौडा बनाउने काम भइरहेको छ। शुक्रवार बिहान सडक चौडा पार्ने क्रममा सडक माथिबाट खसेको पहिरोमा परि स्काइभेटर अपरेटर जाजरकोटको जुलीचादे गाउँपालिका– ११ घर भएका बुढामगर गम्भीर घाइते भएका थिए।

घाइते बुढाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी हेलिकोप्टरमार्फत निर्सग अस्पताल धनगढी ल्याइएको प्रहरीले बताएको छ। जिल्ला प्रशासन कार्यालय, दार्चुलाले गृह मन्त्रालयलाई आग्रह गरेपछि सेनाको हेलिकोप्टरबाट बुढामगरको उद्धार गरिएको हो।

 

कमेन्ट लोड गर्नुस