सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो
काठमाडौंः नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ।
अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार भने ५ सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ। यस अघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ। प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको माहासंघले जनाएको छ।