सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

२०८१ पुष २४, ०८:३३ खबर संवाददाता

धनगढीः धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। मंगलवार राति धनगढी उपमहानगरपालिका–५ को पिपलचौतारा नजिकै सुदूरपश्चिम प्रदेश ०१०१२ प ७४८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय प्रेम थापा र पछाडि सवार २८ वर्षीय दिपक थापा घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको धनगढीमा उपचार भइरहेको छ। चालक थापाले मदिरा सेवन गरेर मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस