धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद
२०८१ पुष २४, ०७:४९
धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र टीकापुर नगरपालिका–९ कालिमाटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ६६ हजार १ सय बराबरको सामान बरामद गरिएको हो।
भन्सार छलीका चिनी, बिडी, सुर्ती, खाने तेल, साडी, घुम्टी, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बराम द गरेको हो।
कमेन्ट लोड गर्नुस