धनगढीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी–२ ट्राफिक चौराह, शिसा पोष्ट, नल्काघाट, धनगढी–७ सरस्वती स्कुल नजिक, घुइयाघाट, धनगढी–१२ बिरेघाट र धनगढी–१४ “एच” गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ४० हजार ५५० बराबरको भन्सार छली गरी ल्याएका सामान बरामद गरिएको हो।
भन्सार छलीका प्याज, चिनी, गुड, नरिवल, मसाला, पास्ता, केक पाउडर, बिडी, सुर्ती, साबुन, सरप, मोटरसाइकलका पार्टस, वेल्डिङका सामान, वेल्डिङ मेसिन, साइकलका सामान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।