सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक यातायातको भाडा बढ्यो, सुदूरपश्चिममा कहाँको कति?

२०८१ पुष २२, ०६:१३ खबर संवाददाता

धनगढीः सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। आजदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो।

काठमाण्डौं–चिसापानीको भाडा २ हजार ९ रुपैयाँबाट बढाएर २ हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ। काठमाण्डौं–धनगढी–सिलगढी–साँफेबगरको भाडा तीन हजार चार सय २१ रुपैयाबाट बढाएर चार हजार एक सय ५ रुपैयाँ पुगाइएको छ। यस्तै काठमाण्डौं–महेन्द्रनगरसम्मको भाडा २ हजार चार सय ३२ रुपैयाँबाट बढाएर २ हजार ९ सय १९ पुगाइएको छ।

काठमाण्डौंदेखि अत्तरिया हुँदै डडेल्धुराको भाडा २ हजार ८ सय ४२ बाट बढाएर तीन हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ। यस्तै काठमाण्डौं–अत्तरिया–डडेल्धुरा हुँदै बैतडीसम्मको भाडा तीन हजार २ सय ५८ बाट बढाएर तीन हजार ९ सय ९ रुपैयाँ पुगाइएको छ। गुलरिया–धनगढीको भाडा ६ सय ६१ बाट बढाएर ६ सय ७३ पुगाइएको छ। चुनेपानी–डडेल्धुराको भाडा पाँच सय ३६ बाट बढाएर ६ सय ४३ रुपैयाँ पुगाइएको छ।

धनगढी–नेपालगन्जको भाडा ७ सय २३ बाट बढाएर ८ सय ६७, धनगढी–विराटनगरको भाडा २ हजार ८ सय १८ बाट बढाएर तीन हजार ३ सय ८१, धनगढी–स्याङ्जा–पोखराको भाडा २ हजार एक सय ८८ बाट बढाएर २ हजार ६ सय २६, नाउँडाडा–बुटवल–धनगढीको भाडा एक हजार ९ सय १७ बाट बढाएर २ हजार तीन सय, पोखरा–नारायणगढ हुँदै धनगढीको भाडा २ हजार तीन सय ४१ बाट बढाएर २ हजार ८ सय १० र वीरगन्ज–धनगढीको भाडा २ हजार २ सय ७४ बाट बढाएर २ हजार ७ सय २९ रुपैयाँ पुगाइएको छ।

यातायात विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो। यात्रुवाहक सवारीमा ३ दशमलव ३० प्रतिशत भाडा बढाइएको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा शून्य दशमलव शून्य ५ प्रतिशतले बढाइएको छ। सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ।

कमेन्ट लोड गर्नुस