सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक युवकको भारतमा मृत्यु

२०८१ पुष २२, ०२:१८ खबर संवाददाता

बैतडीः बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ।

जिल्लाको सिगास गाउँपालिका–४ तल्लाऐनीका २७ बर्षीय टेकसिंह साउँदको भारतको पिथौरागढमा मृत्यु भएको हो। रोजगारीका लागि दुई महिना अघिमात्रै पिथौरागढ गएका साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको सिगास गाउँपालिका–४ का वडा अध्यक्ष हरिसिंह बोहराले बताए। मृतक साउँदका घरमा श्रीमति र दुई छोराछोरी रहेका छन्।

कमेन्ट लोड गर्नुस