सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा

२०८१ पुष २२, ०६:४३ खबर संवाददाता

काठमाडौं: भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ। केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ।

देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ। प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ। जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ। 

पूर्वी क्षेत्रको ओहियो नदी घाँटी हुँदै फैलिएको आँधी सोमबार मध्य एटलान्टिकसम्म पुग्ने अनुमान गरिएको छ । एनओएएको मौसम पूर्वानुमान केन्द्रका अनुसार यो एक दशकपछिकै सबैभन्दा भारी हिमपात हो।  

कमेन्ट लोड गर्नुस