कैलालीमा श्रमजीवि पत्रकार संघ गठन
धनगढीः कैलालीमा श्रमजीवि पत्रकार संघ गठन गरिएको छ। श्रमजीवि पत्रकारहरुको हकहितका लागि आवाज उठाउने भन्दै आइतबार मीन ठकुरीको अध्यक्षतामा समिति गठन गरिएको हो।
समितिको उपाध्यक्षमा वीरेन्द्र भट्ट, उपाध्यक्ष (पिछडीएको क्षेत्र) मा अंकुश कुँवर, महिला उपाध्यक्षमा निर्मला शाही, सचिवमा सुरेन्द्र ताम्राकार, सह–सचिवमा धुर्व ओझा, सह–सचिव (समावेशी) मा रञ्जना विसी र कोषाध्यक्षमा पुस्कर पौडेल चयन भएका छन्। यस्तै समितिको सदस्यमा राजकुमार साउँद, शारदा फुलारा, प्रेम चौधरी, शान्तिप्रसाद जोशी, महादेव गिरी, प्रेम ताडी र हरिश भट्ट चयन भएका छन्।
समिति गठनपछि बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ। समितिले अर्धवार्षिक बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको छ। उक्त बुलेटिनमा जिल्लाका श्रमजीवि पत्रकारहरुले लेखेका समाचार तथा लेखरचनाहरु प्रकाशित गरिने समितिका अध्यक्ष मीन ठकुरीले बताए। उनले उक्त लेखरचना तथा समाचार बुलेटिनमा प्रकाशित गर्दा सो वाफतको हुन आउने रकम सम्बन्धीत लेखकलाई प्रदान गरिने समेत बताए।