सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैँकलाई ५० थान कपडा सहयोग

२०८१ पुष २०, ०७:११ खबर संवाददाता

धनगढी : धनगढीको कपडा बैँकलाई ५० थान कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैँकमा ५० थान कपडा सहयोग गरिएको हो।

धनगढी उपमहानगरपालिका–६ मट्यारीको कलावती सिलाई सेन्टरकी सञ्चालक कलावती भट्टले बैँकलाई सहयोग गरेकी हुन। चिसो मौसममा तातो कपडा नभएकाहरूलाई निःशुल्क वितरणका लागि उनले कपडा सहयोग गरेकी हुन। बैँकले सङ्कलन भएका कपडाहरू निः शुल्क वितरण गर्दै आएको छ।

 

कमेन्ट लोड गर्नुस