सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एम्बुलेन्स दुर्घटना, घाइते चालकलाई भारत रिफर गरियो

२०८१ पुष १७, ०४:१० खबर संवाददाता

दार्चुलाः सोमबार राति दार्चुलाको ब्यास गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ।

ब्यास गाउँपालिका–३ गल्था नजिक एम्बुलेन्स दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार ब्यास गाउँपालिकाको सुन्सेरामा सुदूरपश्चिम प्रदेश ०१००१ च ३८३० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक बिरा डडाल घाइते भएका छन्।

गाउँपालिकाको केन्द्र सुन्सेराबाट आफ्नो घर गल्था जाने क्रममा एम्बुलेन्स तिंकर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। जिल्लामा उपचार सम्भव नभएपछि उनलाई भारतको पिथौरागढ रिफर गरिएको ब्यास गाउँपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस