सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलसँग कांग्रेस बिपीका उपसभापति र सुदूरपश्चिमका स्वतन्त्र सांसदको भेट

२०८१ पुष १५, ०२:४७ खबर संवाददाता

धनगढीः नेकपा एमालेको संगठित सदस्यबाट निस्कासित भएका भीम रावलले पार्टी खोल्ने तयारी गरेका छन्।

रावलले सोमबार सुदूरपश्चिमका नेताहरूसँग भेटघाट गरेका छन्। नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग छलफल गरेका हुन्। कांग्रेस डडेल्धुरा सभापति हुँदा मल्ल र सभापति शेरबहादुर देउवाबीच सम्बन्ध बिग्रेको थियो। कांग्रेसले २०७९ वैशाख १३ गते मल्ललाई पार्टीबाट निकालेको थियो।

स्थानीय तह निर्वाचन २०७९ मा डडेल्धुराका स्थानीय तहमा कांग्रेसका विरूद्ध स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराउन लगाएको आरोपमा कांग्रेसले मल्ललाई पार्टीबाटै निकालेको थियो। त्यसअघि २०७८ मा भएको १४ औं महाधिवेशनका बेला क्रियाशील सदस्यता वितरणदेखि नै सभापति देउवा पक्ष र मल्ल पक्षबीच मतभेद थियो।

कांग्रेसले निकालेको केही समयपछि मल्ल कांग्रेस ९बिपी० का उपसभापति भएका थिए। कांग्रेस (बिपी) का उपसभापति मल्ल र स्वतन्त्र सांसद जोशीले रावलसँग कुराकानी गरेका हुन्। रावलसँग आफू र सांसद जोशीले कुराकानी गरेको मल्लले बताए। अब नयाँ ढंगले अघि बढ्नेबारे प्रारम्भिक कुराकानी भएको उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस