सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठ कटान तथा ओसारपसार मुद्दामा फरार अछामका २ महिलासहित ३ जना पक्राउ

२०८१ पुष १३, ०८:१९ खबर संवाददाता

अछामः काठ कटान तथा ओसारपसार मुद्दामा फरार रहेका अछामका ३ जना पक्राउ परेका छन्।

अछामको तुर्माखाद गाउँपालिका–६ बस्ने माङ्गली देवी जैशी, तारा देवी साउद र हर्क विक पक्राउ परेका हुन्। तीनै जनालाई जिल्ला अदालत अछामको फैसलाले काठ कटान तथा ओसारपसार मुद्दामा २२ हजार ४११ जरिवाना ठहर गरेपछि फरार रहेका थिए। फरार रहेका तीनै जनालाई शुक्रवार प्रहरी चौकी भौरवस्थान, अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस