सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर र कैलारीबाट भन्सार छलीका सामान नियन्त्रणमा

२०८१ पुष ३, ०७:२६ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर र कैलारीबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।

टीकापुर नगरपालिका–९ पुरानो भन्सारको सडक खण्ड र कैलारी गाउँपालिका–३ शिवरत्नापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ५६ हजार ५० बराबरको सामान नियन्त्रणमा लिइएको हो।

 भन्सार छलीका बल्ब, होल्डर, मल्टिप्लग, स्विच, मोटर/पंखामा प्रयोग हुने सेल, पिन बोर्ड, पिन सकेट, बोर्डमा प्रयोग हुने इन्डक्टर, मेल फिमेल प्लग, फेन रेगुलेटर, कार्पेट लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुर र हसुलियाले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस