धनगढीको कपडा बैँकलाई सहयोग
धनगढी : कैलालीको धनगढीमा रहेको कपडा बैँकलाई सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका–५ हसनपुर (पिपल चौतारा)का मदनराज पाण्डेले ६८ थान कपडा सहयोग गरेका हुन।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैँकमा उनले सोमवार सहयोग गरेका छन। कपडा बैँकले निःशुल्क रूपमा कपडा वितरण गर्दै आएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको परिवारले शिवपुरीमा कपडा बैँक सञ्चालन गर्दै आएका हुन।