बझाङमा भूकम्प
२०८१ पुष २, ०७:१७
बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। मङ्गलवार साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको छ।
केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो। भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशील बताए।
कमेन्ट लोड गर्नुस