चेक अनादर मुद्दामा फरार रहेकी टीकापुरकी एक महिला पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/pakrau-1_gFoSOFF9Hl_0.jpg?itok=kkFEeHKX)
२०८१ मंसिर २९, ०८:१९
धनगढीः चेक अनादर मुद्दामा फरार रहेकी कैलालीको टीकापुरकी एक महिला पक्राउ परेकी छिन्।
टीकापुर नगरपालिका-१ बस्ने ३८ वर्षीया डम्मरा कुमारी साँउद पक्राउ परेकी हुन्। साँउदलाई जल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ३ दिन कैद सजाय र १ लाख ८० हजार जरिवाना तोकेपछि उनी फरार रहेकी थिइन्। साँउदलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो।
![add](https://dineshkhabar.com/sites/default/files/WhatsApp Image 2025-01-20 at 11.37.07 AM.jpeg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस