सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चेकजाँचमा कडाई, ७७ सवारीचालकलाई कारबाही

२०८१ मंसिर २१, ०२:३२ खबर संवाददाता

धनगढीः दार्चुलामा धमाधम सवारी चालकलाई कारबाही गरिन थालेको छ।

क्षमताभन्दा बढी यात्रु ओसार्ने सवारी चालकलाई जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले दैनिक रुपमा कारबाही गर्न थालेको छ। सुदूरपश्चिम प्रदेश ०४००१ ज ००५ नम्बरको बोलेरो जिपले क्षमताभन्दा बढी यात्रु ओसार्ने काम गरेपछि जिपका चालकलाई कारबाही गरिएको छ।

May be an image of 1 person, van, jeep, ambulance, road and text

क्षमताभन्दा बढी यात्रु ओसार्ने सवारी चालकलाई जिल्ला ट्राफिक कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कारबाही गर्दै आएको छ। यही मंसिर ९ गते मात्रै क्षमताभन्दा बढी यात्रु ओसार्ने १७ वटा सवारीचालकलाई जरिबाना भराएर कारबाही गरिएको छ।

May be an image of 5 people, jeep, car, ambulance, street, road and text

यस्तै १० गते पनि ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेका तथा कागजपत्रसमेत नभएका १२ वटा सवारीचालकलाई कारबाही गरिएको छ। ११ गते क्षमताभन्दा बढी यात्रु ओसार्ने र कागजपत्र नभएका ८ वटा सवारीचालक, १२ गते १३ वटा सवारीचालक, १३ गते ११ वटा सवारीचालक, १४ गते ९ वटा सवारीचालक, १६ गते ९ वटा सवारीचालक र १८ गते ६ वटा सवारीचालकलाई क्षमताभन्दा बढी यात्रु ओसारेको भन्दै जरिबाना भराएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले ९ दिनको अवधिमा ७७ वटा सवारीचालकलाई कारबाही गरेको छ। पछिल्लो केहीदिन यता दार्चुलामा सवारी चेकजाँचमा ट्राफिक प्रहरीले कडाई गरेको छ। चेकजाँचको क्रममा छोटो तथा लामो दुरी र मोटरसाइकल एवं अटोचालक समेत कारबाहीमा पर्न थालेका छन्।

May be an image of 6 people, ambulance, van, road and text

May be an image of 6 people and people climbing

कमेन्ट लोड गर्नुस