ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते
धनगढीः कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
डोटीको बड्डीकेदार गाउँपालिका–१ का जीबन बोहराले चलाएको सुदूररपश्चिम प्रदेश ०१००२ त ४४६६ नम्बरको ट्याक्टर दुर्घटना भएर एक जना घाइते भएका छन्।
घाइते हुनेमा कैलालीको चुरे गाउँपालिका–१ का १८ वर्षीय दलबहादुर विक रहेका छन्। ट्याक्टर उकालो नचढ्दा ओट लाउने क्रममा ट्याक्टर पछाडि आउँदा विक घाइते भएको प्रहरीले जनाएको छ। घाइते विकको धनगढीको केजी अस्पतालमा उपचार भइरहेको छ।