सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका दुई वडा कार्यालयमा आगजनी

२०७६ असार १०, ०८:४८ खबर संवाददाता

अछाममा दुईवटा वडा कार्यालयमा आगजनी गरिएको छ। जिल्लाको पन्चदेवल विनायक नगरपालिका ३ र ढकारी गाउँपालिका ५ को वडा कार्यालयमा गएराती अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। पन्चदेवल बिनायकको ३ नम्बर वडा कार्यालयमा गएराती अन्दाजी २ बजेतीर  अज्ञात समूहले  पेट्रोल छर्केर आगजनी गरेको  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहीले बताए।

आगजनीबाट १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत कागजात जलेर नष्ट भएको प्रहरी नायब उपरिक्षक शाहीले बताए।  आगलागीबाट ढकारी गाउँपालिका ५ को वडा कार्यालयमा क्षती भएपनि प्रहरी घटना स्थल पुग्न सकेको छैन्। अहिले प्रहरी घटना स्थलतर्फ गएको छ। 
 

कमेन्ट लोड गर्नुस