सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

२०८१ मंसिर १९, ०२:५२ खबर संवाददाता

चितवनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन भएको छ। लामिछानेको समर्थनमा भएको प्रदर्शनमा बुधबार प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।

प्रहरीले लामिछानेसँग बयान लिइरहेका बेला रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले भरतपुर अस्पताल रोडमा विरोध प्रदर्शन गरेका थिए। लामिछानेको समर्थनमा भएको प्रदर्शनमा सहभागीले ुरवि दाइलाई रिहा गरु लगायतका नारा लगाएका छन्। प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय अगाडि पुगेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो। त्यसले पनि प्रदर्शनकारी अगाडि बढ्न नरोकिएपछि अश्रुग्यास प्रहार गरिएको हो।
 

कमेन्ट लोड गर्नुस