सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पाँच स्थानमा सडक दुर्घटना, पाँच जना घाइते

२०८१ मंसिर १८, ०५:०२ खबर संवाददाता

धनगढीः कैलालीमा छुट्टाछुट्टै पाँच स्थानमा सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर पाँच जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडा बजारस्थित धनगढीबाट बैतडीतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षीया एक महिला र ४० वर्षीय एक पुरुष घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि धनगढी ल्याएको छ।

यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका–४ नैनियामा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ६ वर्षीय एक बालक घाइते भएका छन्। घाइते बालकको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ। यता धनगढी उपमहानगरपालिका–३ चटकपुरमा मोटरसाइकलले ठक्कर दिँदा ७ वर्षीय एक बालक घाइते भएका छन्। घाइते बालकको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उता गौरीगंगा नगरपालिका–१० काठमाण्डौं टोलमा पश्चिमबाट पूर्व आउँदै गरेको ट्याक्टरबाट खसेर एक १९ वर्षीय पुरुष घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस