बसको ठक्करबाट कैलालीमा एक किशोरीको मृत्यु
धनगढीः कैलालीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–८ मसुरियामा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट नरबहादुर विककी छोरी १३ वर्षीया हरिना विकको मृत्यु भएको हो।
बाटो क्रस गर्नेक्रममा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको सो बसले गौरीगंगा नगरपालिका–९ रजियाकी हरिनालाई मंगलबार बिहान ठक्कर दिएको थियो। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालक घोडाघोडी नगरपालिका–१ का राजेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।