सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जीप दुर्घटना हुदा चार जना घाईते

२०७६ असार ९, ०७:५३ खबर संवाददाता

बझाङमा अनियन्त्रित भएर फोर्स जीप सिलाई पसलमा ठोक्किदा सञ्चालक सहित चार जना घाईते भएका छन्। धनगढीबाट बझाङ सदरमुका चैनपुरतर्फ जाँदै गरेको से १ ख १९५४ नम्बर फोर्स जीप केदारस्युँ गाउँपालिकाको तलकोट बजारमा दुर्घटना हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जीप अनियन्त्रित भएर स्थानीय भक्त नेपालीले सञ्चालन गरेको पसलमा ठोक्किदा नेपाली सहित उनकी श्रीमती मनसरी नेपाली, छोरी ममता नेपाली र छोरा शिरि नेपाली घाईते भएका छन्। उनीहरुको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस