सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा उपाध्यक्षसहित पाँच पदका लागि आज मतदान हुँदै

२०८१ मंसिर १६, ११:३६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा एक उपाध्यक्षसहित पाँच पदका लागि मतदान हुँदैछ।

उपनिर्वाचनअन्तर्गत पाँच स्थानमा मतदान गर्ने काम भइरहेको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार आज बिहान ७ बजेदेखि नै पाँचवटै स्थानमा मतदान सुरु भएको हो। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेकोमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा पनि मतदान भइरहेको छ। त्यहाँ वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ। उपनिर्वाचन भएका ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस