सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा करेन्ट लागेर चार गाईगोरु मरे

२०७६ असार ८, ११:५३ खबर संवाददाता

बैतडीमा करेन्ट लागेर वनमा चराउन लगेका गाईगोरु मरेका छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ मा करेन्ट लागेर वनमा चरिरहेका तीन गोरु र एक गाई मरेको स्थानीय प्रकाश विष्टले जानकारी दिए। गाउँपालिकाको बोटेस्वर सामुदायिक वनमा चरिरहेका रामकीबरायलका धोज बहादुर बिष्टका २ गोरु,  राजेश बिष्टको एक गोरु र धन बहादुर बिष्टको एक गाई मरेको जिल्ला प्रहरी कार्यालय बैतडीले पनि पुष्टि गरेको छ। शनिबार दिउँसो थ्रि फेज विद्युत लाईनको खसेर प्रवाह भएको करेन्ट लागेर गाईगोरु मरेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस